हलमा ‘कायरा’ र ‘झमकबहादुर’, कुन हेर्ने ?

यो शुक्रबार दुई नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘कायरा’ सँगै अर्को फिल्म ‘झमकबहादुर’ पनि प्रदर्शनमा आएको छ । दुई फिल्मबारे छोटकरीमा केही चर्चा गरौं ।

लक्ष्मण रिजाल निर्देशित फिल्म ‘कायरा’मा आर्यन र साम्राज्ञी प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । म्युजिकल लभ स्टोरी फिल्मको सम्पूर्ण जसो छायाँकन फिलिपिन्समा गरिएको छ । पहिलो पटक पर्दामा जोडी भएर प्रस्तुत भएका आर्यन र साम्राज्ञीको यो फिल्म प्रतिक्षित छ । आर्यन र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

झमकबहादुर
फिल्म ‘झमकबहादुर’ लाई बोमन कटुवाल निर्देशन गरेका हुन् । फिल्ममा अनुप विक्रम शाही, यादव देवकोटा सरापे, राजु कमेडी, सुजता थापा, मिन कुमार तामांग, नियोना गुरुंग, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्त प्रसाद घिमिरे लगायतको अभिनय छ । कमेडी फिल्मलाई मिन कुमार तामांगले बनाएका हुन् । सरापे र सुजतासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha