निर्देशकको खुट्टा ढोग्दै उमेश र कविताले खुसी साटे

अप्रत्यासित रुपमा सफलता पाएको फिल्म ‘बोबी’ले आफ्नो टिम तथा सञ्चारकर्मी माझ खुसीयाली साटेको छ । बिहिबार साँझ रात्री भोज राख्दै ‘बोबी’ टिमले सफलताको खुसी बाँडेको हो ।

निर्देशक मिलन चाम्सले ‘बोबी’लाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । यस्तै ‘बोबी’को सिक्वेल बन्ने बारे निर्देशक चाम्सले केही पनि बताउन चाहेनन् । स्क्रिप्ट राइटर नरेश भट्टराईले भने ‘बोबी’को सिक्वेलको लागि उत्साहित रहेको बताए ।

कार्यक्रममा नायिका कविता गुरुङ भने भावुक बन्न पुगिन् । राम्रो फिल्म बनाएको भन्दै कविताले निर्देशक मिलन चाम्सको खुट्टा ढोगिन् भने उनका श्रीमान उमेश थापाले निर्देशक सामु टाउको निहुराए । फिल्म सफलताको क्रेडिट उनले निर्देशक चाम्सलाई दिए ।

उमेशले आफ्नो जस्तै हरेक नेपालीको कथामा फिल्म बनेर आउनु पर्ने बताए । बोबी २ बन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘पर्खौं र हेरौं, के हुन्छ ?’

कार्यक्रममा फिल्म युनिट र सञ्चारकर्मी गायक राजेश पायल राई, कलाकार राजाराम पौडेल, सन्दिप क्षेत्री लगायत अन्य केही फिल्मकर्मी उपस्थिति थियो । तस्बिर : विवेक बस्याल

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha