बक्स अफिस बहस, समस्या अझै बाँकी

साउन १ गतेदेखि राजधानीका २० हलमा लागेको बक्स अफिस बारे बिहिबार बहस भएको छ । चलचित्र पत्रकार संघले आयोजना गरेको ‘बक्स अफिस कार्यान्वयनका चुनौती’ शीर्षकमा सम्बन्धित संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र निर्माताबिच चलचित्र संघको भवनमा बहस भएको हो ।

बक्स अफिस प्रणाली जडान भएपछि हलमा भैरे नामक फिल्म लागेको थियो । सोही फिल्मका निर्माता तथा निर्देशक सूर्य बोहोराले बक्स अफिस प्रणालीप्रति गुनासो पोखे । उनले बक्स प्रणाली जडित हलमै फर्जि टिकेट भेटिएको र आफुलाई व्यापारमा घाटा लागेको बताए । यस समस्या बारे विकास वोर्डमा मौखिक जानकारी समेत गराएको बोहोराले बताए । ‘रोमियो एण्ड मुना’का निर्माता प्रशन्न गोपालीले भने फिल्मको दैनिक कारोबार पाइरहेको तर मिडियामा सार्वजनिक गर्न आवश्यक नरहेको बताए ।

बक्स अफिस प्रणालीमा देखिएका यस प्रकारका समस्या केही सातामा सुल्झिने बताउँदै ठगी गर्ने हललाई वार्डले कारबाही गर्ने वार्ड अध्यक्ष निकिता पौडेलले बताइन् । विकास वोर्ड अध्यक्ष सहित छलफलमा चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायत छलफलमा सहभागी थिए ।
बहसमा सहभागी सबैले बक्स अफिस प्रणाली प्रभावकारी रुपमा लागु हुन केही समय लाग्ने बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha