सञ्चारकर्मी सुवेदीको निर्देशनमा ‘बकम्फुसे राजा’ बन्ने

सञ्चारकर्मी प्रकाश सुवेदी फिल्म निर्देशनमा उत्रिएका छन् । साउन १९ गते आफ्नो जन्मदिन पारेर सुवेदीले फिल्म ‘बकम्फुसे राजा’ निर्देशन गर्ने घोषणा गरेका हुन् ।

सुवेदी फिल्मसको ब्यानरमा बन्ने कमेडी जनराको फिल्म ‘बकम्फुसे राजा’ मा गणेश सुवेदीको लगानी रहनेछ । फिल्ममा संगीत अर्जुन पोखरेल र छायाँकन विष्णु कल्पितको हुनेछ । कथा भने सुनिल श्रेष्ठले लेखेका हुन् । कलाकार केही सातासम्म तय गरिने निर्देशक सुवेदीले बताए ।

नेपाली रंग पत्रकारितामा झण्डै तीन दशक बिताएका सञ्चारकर्मी सुवेदीले ‘हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’ जस्ता हाँस्य व्यांग्य टेलिफिल्म निर्देशन गरेका छन् । उनले चलाउने फिल्म सम्बन्धी कार्यक्रम ‘रजतपट’ एक समय निकै हिट थियो ।

आफ्नो ५० औं जन्मदिनमा भने उनले इन्टरटेनमेन्ट नामक अनलाइन पार्टल लञ्च गरे । सुवेदीको जन्मदिन तथा फिल्म निर्देशक सम्बन्धी कार्यक्रममा हरिवंश आचार्य, भुवन केसी, रेखा थापा, झरना थापा, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल जस्ता हस्ती उपस्थित थिए भने विल्सन विक्रम राईले निर्देशक सुवेदीप्रति नै व्यांग्य गर्दै सबैलाई हंसाए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha