‘नाईं नभन्नू ल ५’ को अनुभव र सेड्रिनाको गीत रिलिज

फिल्म ‘नाईं नभन्नू ल ५’ को नयाँ बालपनको याद दिलाउने गीत सार्वजनिक भएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको बालपनको उमेर बोलको गीतमा अनुभव रेग्मी र सेड्रिना शर्माले नृत्य प्रस्तत गरेका छन् । भिडियो :

सार्वजनिक गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । गीतमा समिक्षा अधिकारीको स्वर छ । विकासराज आचार्य निर्देशित फिल्मको प्रोमो र शिर्ष गीत सार्वजनिक भैसकेको छ । फिल्म भदौ ८ गते देखि प्रदर्शनमा आउँदैछ ।

फिल्म ‘नाईं नभन्नू ल ५’ मा अनुभव र सेड्रिनासँगै प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझी र अभिषेक नेपालको अभिनय छ । निरुता सिंह विशेष भूमिकामा प्रस्तुत भएकी छन् । अनुभव र सेड्रिनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha