प्रदीप र पूजाको फिल्म जुध्दै, बाजी कसले मार्ला ?

‘प्रेम गीत’ जोडी प्रदीप खड्का र पूजा शर्मा अभिनित भिन्ना भिन्नै फिल्म एकै मितिमा लाग्ने भएका छन् । ‘रामकहानी’ लाग्ने मिति भदौ २२ मै फिल्म ‘रोजी’ले पनि प्रदर्शन मिति तोकेपछि पूजा र प्रदीपबिच प्रतिस्पर्धा हुने भएको हो ।

प्रदीपको ‘रोजी’ र पूजाको ‘रामकहानी’ एकसाथ प्रदर्शन हुने भएपछि फिल्म नगरीमा विभिन्न चर्चा सुरु हुन थालेको छ । एकै मितिमा दुई स्टारको फिल्म जुध्दा दर्शकले साथ कसलाई देलान् भन्ने प्रश्न उब्जिएको छ । उसो त प्रदीपको ‘रोजी’को कुनै पनि प्रचार सामग्री सार्वजनिक भएका छैनन् । गीत यो साता मात्रै सार्वजनिक हुँदैछ ।

पूजाको ‘रामकहानी’को गीत र प्रोमो सार्वजनिक भैसकेको छ, जसले एक खालको चर्चा पाइरहेको छ । सुदर्शन थापा निर्देशित फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठ प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् भने केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा लगायत चर्चित हाँस्यव्यांग्य कलाकारको अभिनय छ ।

निरक पौडेल निर्देशित फिल्म ‘रोजी’मा भने प्रदीपसँगै पारमिता राज्यलक्ष्मी राणा, मिरुना मगर लगायतले अभिनय गरेका छन् । फिल्मलाई गोपिकृष्ण मुभिजले निर्माण गरेको हो । ‘रामकहानी’ र ‘रोजी’मा कसले मार्ला त बाजी ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha