आर्यन र साम्राज्ञी स्टारर ‘कायरा’को सुखद सुरुवात

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ ले सुरुवाती व्यापार सुखद गरेको छ । गत शुक्रबार देखि प्रदर्शनमा आएको ‘कायरा’ले बर्षाका बाबजुद पनि दर्शकलाई हलमा आकर्षण गर्न सफल भएको हो ।

प्रदर्शनको पहिलो दिन पचास प्रतिशत माथि अकुपेन्सी कायम गरेको ‘कायरा’को शनिबार ८० प्रतिशत बढी अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए । मल्टिप्लेक्स तथा एकलमा दर्शक संख्या उत्तिकै रहेको वितरक मानन्धरको दाबी छ । शनिबार आर्यन र साम्राज्ञी राजधानीका केही हल पुगेका थिए । उनीहरुले दर्शकलाई धन्यवाद दिए । आर्यन र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् : 

लक्ष्मण रिजाल निर्देशित फिल्म ‘कायरा’ले समिक्षकबाट भने प्रशंसा पाउन सकेन । दर्शकले फिल्मलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् । फिल्मको सुरुवाती व्यापार राम्रो हुनुमा आर्यन र साम्राज्ञीको जोडी नै क्रेडिट जान्छ । हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha