थाइल्याण्डमा ‘चिमुसीचि’ को शो

नेपालमा गएको हप्ताबाट प्रदर्शनमा आएको सस्पेन्स थ्रिलर जनराको फिल्म ‘चि मुसी चि’ले विदेश प्रदर्शन थालनी गरेको छ । यस फिल्मले पहिलो विदेश प्रदर्शनको सुरुवात सुन्दर देश थाइल्याण्डको राजधानी बैंककबाट गरेको हो ।शनिबार बैंककमा रहेको ’मेजर सिनेप्लेक्स’ मा फिल्मको शो गरियो । ‘चि मुसी चि’ हेरेका अधिकांश दर्शकले यसको सस्पेन्स पाटो र गीत संगीतको प्रशंसा गरे ।

फिल्मको थाइल्याण्डका विभिन्न शहरमा १२ भन्दा बढी शो हुने निर्माण टिमले बताएको छ । शनिवार नै थाइल्याण्डको पतैयामा पनि यस फिल्मको अर्को शो भब्य रुपमा सम्पन्न भयो । बैंकक र पतैयामा सफल प्रदर्शन पश्चात फेरि सो ठाउँमा उक्त फिल्म प्रदर्शन हुने सम्भावना बढेको आयोजक संस्था थाई नेपाली संघले जानकारी दिएको छ । फिल्मको प्रदर्शनका लागि कार्यकारी निर्माता शिवराज कार्की र अभिनेता सुशान्त कार्की यतिबेला थाइल्याण्डमा छन् ।

निर्माता कार्की थाइल्याण्डबासी नेपालीबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताए । उनले भने, ’फिल्म हेर्नु भएका सबैले राम्रो भन्नुभएको छ । हाम्रो लागि यो ठूलो सफलता हो ।’ यस्तै, अभिनेता सुशान्तले आफ्नो भूमिका रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए ।

दिनेश श्रेष्ठ निर्देशित ‘चि मुसी चि’मा अलिशा शर्मा र सुनिल क्षेत्रीको पनि प्रमुख भूमिका छ । नृत्य क्षेत्रमा आफूलाई स्थापित गरिसकेका यी दुईको यो डेब्यु फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha