मोफसल प्रचारमा ‘मिस्टर भर्जिन’ टिम

रिलिज मिती नजिकिँदै गर्दा फिल्म ’मिस्टर भर्जिन’ टिम मोफसल टुरमा निस्किएको छ । फिल्मको प्रचार आइतबारदेखि पोखराबाट सुरु हुँदैछ । पोखरास्थित मिड टाउन सिनेमा हल अगाडी ४ बजे कलकार सहितको साङ्गितिक कार्यक्रम हुनेछ ।

टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने र मनोरञ्जन सहित फिल्मका बारेमा जानकारी दिने योजना टिमको रहेको छ । टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहित अन्य गायक तथा गायिका पनि सहभागी हुनेछन् ।

फिल्मको कथा बस्तु निकै नौलो रहेकाले पनि जनमानस सम्म यो कुरा पुर्याउनका लागि पनि यो टुर आवश्यक रहेको निर्देशक बिशारद बस्नेतले बताए । पोखरापछि २१ गते बुटवल र चितवन, २२ गते हेटौंडा र त्यस पस्चात क्रमश धरान, बिर्तामोड, दमकपछी चलचित्र टिम काठमाडौं आइपुग्नेछ ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । फिल्म ’मिस्टर भर्जिन’ यही भाद्र १ गतेबाट प्रर्दशनमा आउनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha