सायद २ ले पिजी पाउँदा निर्माताको यस्तो दाबी

फिल्म सायद २ सेन्सर पास भएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउने यो फिल्मलाई सेन्सरले पिजी प्रमाण पत्र उपलब्ध गराएको छ । युवा पुस्ताको लभ स्टोरी बोकेको फिल्म हेर्न १६ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको साथमा फिल्म हेर्नुपर्नेछ ।

सेन्सरबाट पिजी प्रमाण पत्र पाएपछि निर्माता सुनिल रावलले सायद २ हिट हुने दाबी गरेका छन् । ‘यसअघि मेरा तीन फिल्महरुले पनि पिजी नै पाएका थिए जुन हिट भए’, निर्माता रावलको विश्वास छ । दुर्गिश ब्यानरमा यसअघि सायद, होस्टल र होस्टल रिटन्र्स बनेका छन् । पुष्पराज न्यौपानेको निर्देशन रहेको फिल्म सायद २ मा सुशिल श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे लगायतको अभिनय रहेको छ । उनीहरुसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha