‘रोजी’ गीत : प्रदीप–मिरुनाको रोमान्स बाहिरियो

निरक पौडेल निर्देशित फिल्म ‘रोजी’ को पहिलो गीत रिलिज गरिएको छ । प्रदीप खड्का र मिरुना मगर फिचर्ड गीतको भिडियो सोमबार सार्वजनिक गरिएको हो । गीत इस्तानबुल, साल्टलेक र कोनियामा छायाँकन गरिएको छ । भिडियो हेर्नुस् :

ब्याकग्राउन्ड स्कोरर समेत रहेका एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन छ । ‘वेस्टर्न र नेपाली टोनलाई गीतमा मिश्रण गरेको छु’ गीत रचनाबारे संगीतकार कार्कीले भने, ‘रोमान्टिक र लभस्टोरी मुडअनुसारको लोकेसनले गीतलाई अझै दर्शनीय तुल्याएको छ ।’ उनले नेपाली चार्टबस्टरमा ‘फूल हैन…’ गीत प्रिय बन्ने विश्वास लिए ।

अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा छ । फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् । यी तीन पात्र वरपर द्धन्द्ध घुम्छ ।

राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म २२ भदौ (७ सेप्टेम्बर) मा देशव्यापी रिलिज तयारीमा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha