बिपिन, नम्रता र निश्चलको ‘प्रसाद’ सकियो

फिल्म ‘प्रसाद’ को छायांकन सकिएको छ । दिनेश राउत निर्देशित यो फिल्मको करिब चालिस छायाँकन सकिएको हो । आइतबार फ्लोरको कार्य सम्पूर्ण सकिएको निर्माण टिमले घोषणा गरिएको हो ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको फिल्म ‘प्रसाद’ मा अभिनेता बिपिन कार्की, नायिका नम्रता श्रेष्ठ, निर्देशक तथा नायक निश्चल बस्नेत र कलाकार सुनिशा बजागाईंको मुख्य भूमिका छ । फिल्मलाई सुवास थापाले निर्माण गरेका हुन् । यसको प्रदर्शन मिति मंसिर २१ गतेलाई तोकिएको हो ।

सञ्चारकर्मी सुशिल पौडेलको कथा रहेको फिल्म प्रसाद मा विपिन र नम्रता श्रीमान श्रीमतिको भूमिकामा प्रस्तुत भएका छन् भने निश्चलको भूमिकालाई सस्पेन्स राखिएको छ । राजेश श्रेष्ठको छायाँकन रहेको फिल्ममा कोशिश क्षेत्री र सुभाष भूसालको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha