आर्यनको अंगालोमा बाँधिइन् सृष्टि (फोटो फिचर)

सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध माया’ले को शिर्ष गीतको हालै छायाँकन गरिएको छ । गीतको सार्वजनिक तस्बिरमा नायक आर्यन अधिकारीको अंगालोमा नायिका सृष्टि श्रेष्ठ बाँधिएकी छन् ।

तस्बिरमा आर्यन र सृष्ठिको जोडी निकै जमेको देखिन्छ । तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ । अर्जुन पोखरेलले संगीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । कुलेखानी र राजधानीमा पाँच दिन लगाएर फिल्मको गीत खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

‘गीत संगीत र छायाँकनमा निकै मिहेनत गरेका छौं’, निर्देशक श्रेष्ठ भन्छन्, ‘दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास छ ।’ अर्को सातातिर गीत रिलिज गरिने उनको भनाई छ । बाँध मायाले असोज ५ मा प्रदर्शन हुँदैछ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्धन्द्ध निर्देशन रोशन श्रेष्ठकोछ । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha