‘गुनगुन’ को आइटम गीत रिलिज (भिडियो)

फिल्म ’गुनगुन’ मा समावेश आइटम गीत सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराईको निर्माणमा तयार भएको फिल्मको प्रचार सामाग्री स्वरूप गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ’किस मिस’ बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन । भिडियो हेर्नुस् :

कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । फिल्मको कथालाई नै अगाडी बढाउने भएकोले गीत महत्वपूर्ण भएको निर्माण पक्षले बताएका छन् । पुकार भट्टराईको निर्देशनमा तयार फिल्मले रिलिज कार्तिक ३० गते हुने घोषणा गरेको छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वर्ल्ड प्रिमियर हुने प्रेम कथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha