नरमाइलो खबर : हेटौंडाको ओम्याक्स हलमा आगलागी

हेटौंडाको ओम्याक्स हलमा आगलागी भएको छ । बुधबार बिहान साढे दश बजेतिर बिजुली सट हुँदा हलमा आगोलागी भएको हो । आगलागीबाट मानविय क्षति भने केही नभएको हेटौंडाका कलाकार तथा निर्माता सुशान्त श्रेष्ठले बताए ।

‘हलमा लागेको आगो अझै नियन्त्रणमा आइ सकेको छैन’, उनले भने । उनको अनुसार हाल हलको मर्मत सम्भार भैरहेको थियो । मर्मत भैरहेका कारण हलमा फिल्म लगाइएको थिएन । हलमा आगलाी हुँदा करोडौंको क्षति पुगेको अनुमान गरिएको छ । तस्बिर : चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष शान्तिप्रियको फेसबुकबाट

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha