मिडियादेखि पर सर्दै आयर्नसँग रोमान्टिक बनिन् सपना

नायक आर्यन सिग्देलले प्रेमिका सपना भण्डारीलाई दुलही बनाएको करिब ४ वर्ष भैसक्यो । बिहे गरेको लामो समय भएता पनि आर्यन पत्नी भण्डारी त्यति मिडिया फ्रेन्ड्ली हुन सकिरहेकी छैनन् । भिडियो :

बुधबार श्रीमान सिग्देलको निर्माण तथा अभिनय रहेको फिल्म ‘कायरा’ को विशेष शोमा सहभागी भएकी सपना मिडियादेखि परपर भइन् । विशेष आग्रहमा आर्यनसँग तस्बिर खिज्न राजी भएकी सपनाले भिडियो कुराकानी गर्न भने इन्कार गरिन् । किन त ?

बुझिए अनुसार सपना मिडियाको आँखा आफुमा नपरोस भन्ने चाहाना राख्छिन् । आर्यनले पनि आफ्नो पत्नीलाई मिडियामा ल्याउन चाहिरेको देखिदैंन् । पारिवारिक प्रसंगमा उनी कुरा नगरौं भन्दै पन्छिन्छन् । सार्वजनिक कार्यक्रममा आर्यनलाई पत्नीसँग विरलै भेट्न सकिन्छ । आखिर किन त ?

श्रीमतीलाई मिडियामा ल्याउँदा आर्यनमा आफ्ना फ्यान घट्छन् भन्ने चिन्ता त छैन ? या सपना स्वच्छाले मिडियादेखि पर बसिरहेकी छन् ? वास्तविकता के हो ? आर्यन र सपनालाई नै थाहा होला । तस्बिर : कुशल घतानी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha