प्रिमियर प्रतिक्रिया : ‘प्रेम गीत’ भन्दा माथि ‘म यस्तो गीत गाउँछु’

फिल्म ‘म यस्तो गीत गाउँछु’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । ‘म यस्तो गीत गाउँछु प्रेम गीत भन्दा माथि बनेको छ’, बुधबार कुमारी हलमा गरिएको प्रिमियरमा फिल्म हेरेपछि नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले छोटो प्रतिक्रिया दिइन्, ‘पूजाको कामको लेवल पनि बढेको पाएँ ।’ निर्माता तथा नायक रमेश उप्रेतीले निर्देशक सुदर्शन थापाको प्रशंसा गर्दै म यस्तो गीत गाउँछु उत्कृष्ट लभ स्टोरी फिल्म बनेको बताए ।

स्क्रिप्ट समेत हेरेका निर्देशक, लेखक तथा निर्माता विकास आचार्यले स्क्रिप्ट अनुसारकै फिल्म बनेको बताए । ‘सुदर्शनले स्क्रिप्ट भन्दा पनि राम्रो फिल्म बनाएको रहेछ’, आचार्यले भने । कलाकार तथा स्क्रिप्ट राइटर दिपकराज गिरीले फिल्मको साँगीतिक पक्ष उत्कृष्ट लागेको प्रतिक्रिया दिए भने दिपाश्रीले दर्शकले फिल्मलाई मन पराउने आशा व्यक्त गरिन् । यता नायिका आँचल शर्मा फिल्म हेर्दा हेर्दै रोइछन् । ‘म त कति ठाउँमा रोएछु’, आँचलले भनिन्, ‘कति ठाउँमा चाहिं हाँसे पनि । फिल्म एकदम राम्रो लाग्यो । पल जी र पूजा जीको काम उत्कृष्ट छ ।’

सुदर्शन थापाको निर्माण, निर्देशन तथा लेखन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । पल र छायाँको भूमिकामा प्रस्तुत भएका उनीहरुको कामलाई प्रिमियरमा रुचाइयो भने कलाकार राजाराम पौडेल तारिफको पात्र बने । सरोज खनाल, रुपा राणा लगायत अन्य कलाकारहरुले पनि स्यावासी पाए । संगीतकार अर्जुन पोखरेलको गीत संगीत हिट भैसकेका छन् भने संजय लामाको सिनेम्याटोग्राफी र कविराज गहतराजको कोरियोग्राफी उत्कृष्ट छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha