पूजाको स्टाटसमा वोर्ड अध्यक्ष पौडेलले चित्त दुखाइन्

‘रामकहानी’सँग ‘रोजी’ जुधाउन आफ्नो कुनै हात नरहेको चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेलले बताएकी छिन् । ‘रोजीको म केही पनि होइन । म किन फिल्म जुधाउन लाग्नु ?’, वोर्ड अध्यक्ष पौडेलको भनाई छ ।

नायिका तथा निर्मात्री पूजा शर्माले ‘रामकहानी’ सँग ‘रोजी’ जुधाउने योजना वोर्ड अध्यक्ष पौडेलको रहेको आरोप लगाउँदै बुधबार फेसबुकमा स्टाटस लेखेकी थिइन् । ‘मलाई पूजाले एक कल गरेको भए हुन्थ्यो । अरुको कुरा सुनेर आरोप लगाउँदा चित्त दुख्यो’, अध्यक्ष पौडेलले भनिन्, ‘वोर्ड अध्यक्षको नाताले मैंले दुवै पक्षसँग समन्वय गर्न सक्थें ।’

‘पर्व’ देखि टिभी फिल्मीबाट आफैले फिल्म बनाउन सुरु गरेको बताउँदै ‘रोजी’ मा आफु कुनै पनि रुपमा आवद्ध नभएको निकिताले स्पष्ट पारेकी छन् । रामकहानीले तोकेको भदौ २२ मा ‘रोजी’ आउने भएपछि फिल्म नगरीमा विभिन्न कोणबाट चर्चा भैरहेको छ ।

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘रामकहानी’ले छायाँकन सुरु गर्दा नै भदौ २२ लाई प्रदर्शन मिति तोकेको थियो । यता निरक पौडेल र मणिकर्ण केसी मिलेर बनाएको फिल्मले भर्खरै मात्र आफ्नो प्रदर्शन मिति तोकेको हो । ‘रामकहानी’ र ‘रोजी’ एकसाथ लाग्दा नायक प्रदीप खड्का र नायिका पूजा शर्माको स्टारडमको पनि तुलना हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha