बिहिबार ८ः३० देखि नेपाल आइडल २ प्रशारण हुने

सर्वाधिक लोकप्रिय र सफल अन्र्तराष्ट्रिय टेलिभिजन रियालिटी शो नेपाल आइडल २ को प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडलको दोश्रो संस्करण एपी वान एचडिमा नेपाल आइडल २ साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार ८ः३० बजे प्रसारण हुँदैछ । नेपाल आइडलको प्रथम संस्करणले अपार सफलता पाएको थियो ।

दोश्रो संस्करणमा पनि अघिल्लो संस्करणका निर्णायक न्हयु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोता भने यो संस्करणमा रिमा विश्वकर्मासँग नयाँ अनुहार आसिफ शाहलाई देख्न पाइनेछ । आसिफ टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा नायक समेत हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्रप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपिरहेका छन् ।

मन जित्छ उस्ले, सुमधुर गाउँछ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरु हुने नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर भी कार, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउने छन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha