श्वेता खड्का अमेरिकामा ‘कान्छी’ देखाउँदै (फोटो फिचर)

नायिका तथा निर्मात्री श्वेता खड्का ‘कान्छी’ लिएर अमेरिका पुगेकी छन् । गत साता त्यहाँ पुगेकी श्वेता न्युयोर्क र बोस्टनमा सम्पन्न ३ शो मा सहभागी भइन् । उनीसँग नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठपनि शो मा सहभागी भैरहेका छन् ।

नेपालमा सफल भएको ‘कान्छी’को अमेरिकामा अझै ६ शहरमा शो हुने श्वेताले बताइन् । अहिलेसम्मका शोहरु राम्रा भएका छन्’, श्वेताले भनिन् । शोमा सहभागी दर्शकले कान्छीलाई मन पराएको उनले बताइन् । त्यहाँबाट उठेको रकम माझी बस्ती निर्माणमा लगाउने श्वेताले बताएकी छन् ।

आकाश अधिकारी निर्देशित फिल्म कान्छी मा श्वेता शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् भने साथमा दयाहांग राई, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायतका अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha