यशकुमार निर्देशित फिल्म ‘छिरिङ’ को गीत रिलिज

निमा रुम्बा र यशकुमार अभिनित फिल्म ‘छिरिङ’ले पहिलो गीत ‘तिमीले त मायामा…’ सार्वजनिक गरेको छ । यशकुमारकै संगीत, शब्द र स्वर समावेश गीत कर्णप्रिय लाग्छ । उनले विन्दु परियारसँग मिलेर गीत गाएका छन् । भिडियो हेर्नुस् :

गीतमा निमा रुम्बा र नव नायिका कामना भुजेल प्रस्तुत छन् । गीतलाई हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई खिचिएको छ । । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ । ‘कागबेनी’ रिलिजको दशक भन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको ठुलो पर्दामा कमब्याक भएको हो भने यशकोे यसअघि ‘बाटो मूनिको फूल २’ रिलिज भएको थियो ।

‘छिरिङ’ दुई पति भएकी एक युवतीले गर्नु परेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध बोकेको फिल्म हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha