‘कहीं कतै’ सँगै ५ नेपाली फिल्म हलमा

यो शुक्रबार तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । गत साताका दुई गरी यो हप्ता हलमा पाँच नेपाली फिल्महरु लागिरहेका छन् । ‘कायरा’ ले दोश्रो साताको प्रदर्शन यात्रा तय गर्दा कमेडी फिल्म ‘झमकबहादुर’ पनि एकाध हलहरुमा लागि रहेको छ ।

सविर श्रेष्ठ निर्देशित फिल्म ‘कहीं कतै’ मा नयाँ कलाकारद्वाय शिभानी गिरी र सोनाम भरपुंगाको मुख्य भूमिका रहेको छ । साथमा अभिनेता दीलिप रायमाझी, विशाल चाम्लिंग, किशोर खतिवडा र निर्मात्री समेत रहेकी उमा बेबीको अभिनय छ । उमा र शिभानीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘कही कतै’ सँगै यो शुक्रबारदेखि ‘पिरिम पर्या छन्’ र ‘टिनएज’ प्रदर्शनमा फिल्महरु हुन् । हाल हलमा पाँच वटा नेपाली फिल्म लागि रहेका छन् । दर्शकले कुन हेर्लान् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha