लगानी उठाएको दाबी गर्दै ‘भैरे २’ बनाउने घोषणा

दयाहांग राई अभिनित फिल्म ‘भैरे’ को सिक्वेल बनाउने घोषणा गरिएको छ । बिहीवार प्रेसमिट नै गरेर निर्माता प्रेम प्रसाद पौडेलले ‘भैरे २’ बन्ने घोषणा गरेका हुन् ।

‘भैरे’ ले नेपालबाट लगानी सुरक्षित गरेको दाबी गर्दै निर्माता पौडेलले यसको सिक्वेल बनाउने घोषणा गरेका हुन् । ‘भैरे २’ लाई पनि एभरेष्ट सूर्य बोहराले नै गर्ने उनले खुलाए । निर्देशक बोहोराका अनुसार भैरे २ मा केही नयाँ र पुराना कलाकारहरु रहनेछन् । भैरे मा देखिएका कमी कमजोरीलाई सुधार्ने समेत निर्देशक बोहोराको भनाई छ ।

‘भैरे २’ बनाउने घोषणा गरेपनि भैरे को नेपाल कलेक्सन भने सार्वजनिक गरिएन । केही दिनमा कलेक्सन सार्वजनिक गरिने निर्माता पौडेलले आश्वस्त पारे । यस्तै भैरे को विदेशमा राम्रो माग भएको खुलाए । फिल्मको यूरोपमा २५ शो, क्यानाडामा १२ शो, जापानमा ७ शो, कोरियामा ५ शो, यूकेमा ४ शो र यूएसएमा २४ शो हुने पक्का भएको उनको दाबी छ । ‘भैरे’ को अष्ट्रेलिया राइट्स १२ लाखमा विक्रि भइसकेको समेत निर्माता पौडेलले जानकारी दिए ।

दुवई, कतार, बहराइन र वमनका लागि ७ लाखमा विक्रि भएको फिल्मको पोल्याण्ड राइट्स ५ लाख रहेको निर्माताले बताए । यस्तै, सिंगापुर, हङ्गकङ्ग, मलेशिया, वर्मा, थाइल्याण्डमा पनि फिल्म प्रदर्शन हुने बताइएको छ ।

भैरे मा दयासँगै सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतका कलाकारहरुको अभिनय छ । एकल पर्दामा राम्रै व्यापार गरेको भैरे ले मल्टिप्लेक्समा भने यसको व्यापार न्युन रह्यो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha