‘रोजी’ को गीतमा म्युजिकल्ली गर्नुस् १ लाख जित्नुस्

फिल्म ‘रोजी’ले आफ्नो गीत ‘फूल हैन’माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको छ । भिडियो साझेदारी साइट युट्युवमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । रोजी निर्माण कम्पनीद्धय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले पुरस्कार राशी सहितको म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरेका हुन् ।

संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी’ नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन् । थापाले अहिले पनि इन्स्टाग्राम र फेसबुकबाट भिडियो प्राप्त भैरहेको बताइन् । गीत हेर्नुस् :

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

सर्वोत्कृष्टलाई नगद रु. १ लाखले पुरस्कृत गरिने भएको छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् ।

एलिस कार्कीद्धारा संगीतबद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश फूल हैनलाई निकै रुचाइएको छ । नीरक पौडेल निर्देशित क्राइम थ्रीलर फिल्म आगामी २२ भदौमा रिलिज हुँदैछ । फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha