एलिनाले ल्याइन् ‘छोएर मलाई’ (भिडियो)

गायिका एलिना बिष्टको स्वर रहेको नयाँ गीत ’छोएर मलाई’ बोलको गीत सार्वजनिक भएको छ । स्वरमा एलिनालाई हर्कुलस बस्नेत र उनको व्याण्डले साथ दिएको छ । सन्तोष पोख्रेलको शब्द रहेको गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ । भिडियो हेर्नुस् :

एलिना जापानमा बसेरपनि नेपाली गीतमा रुची राख्दै आइरहेकी छन् । एलिनाको यो गीतको कन्सेप्ट र गायन पक्षलाई धेरैले रुचाएका छन् । जापानमा रहेकी एलिनाको यो तेश्रो गीत हो । यस अगाडी उनले रहरहरु र होप बोलको २ वटा गीत बजारमा ल्याएकी छिन्।

केहि फरक किसिमको भिडियो बनाउने कोशिस गरेकी एलिनाले प्रतिक्रिया दिएकी छिन् । भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha