तय भयो ‘दालभात तरकारी’ पस्किने मिति, कलाकार यी हुनेछन्

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्ने फिल्म ‘दालभात तरकारी’को प्रदर्शन मिति छायाँकन अगाडी नै तय गरिएको छ । निर्माण पक्षले जानकारी गराए अनुसार ‘दालभात तरकारी’ आगामी सालको बैशाख १३ गते प्रदर्शनमा आउने छ ।

सुदन केसीको डेव्यु निर्देशन रहने फिल्म ‘दालभात तरकारी’ का कलाकारहरुको नाम भने गोप्य राखिएको छ । तर विश्वस्त श्रोतका अनुसार ‘दालभात तरकारी’मा दर्शकले अभिनेता हरिवंश आचार्य र अभिनेत्री निरुता सिंहको जोडीलाई देख्न पाउँने पक्का पक्की भएको छ । यस्तै नायक पुष्प खड्का र नायिका स्वस्तिमा खड्काको जोडी पनि दालभात तरकारीमा बाँधिने सम्भावना प्रवल छ । हाँस्यव्यांग्य कलाकार विल्सन विक्रम राई केही दिन अगाडी मात्रै अनुबन्धित भएका छन् ।

कलाकार बारे निर्माता किरण केसीसँग थप बुझ्दा उनले हाल केही नबोल्ने बताए । माथि उल्लेखित कलाकार फिल्ममा हुन नसक्ने पनि भन्न सकेनन् । ‘केही दिनमै प्रेसमिट गरेर कलाकार र प्राविधिक बारे सबै जानकारी गराउँछु’, निर्माता केसी भन्छन् ।

‘शत्रुगते’को सफलतापछि मह जोडी र किरण केसी ‘दालभात तरकारी’ निर्माणमा कस्सिएका हुन् । ‘शत्रुगते’ का दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह र आँचल शर्मा सम्भवतः ‘दालभात तरकारी’मा हुने छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha