अनुप र प्रशान्त ‘जय शम्भु’ प्रचार गर्न होटल होटल पुगे

फिल्म ‘जय शम्भु’ टिम यतिबेला मोफसल प्रचारमा छ । शुक्रबार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा पुगेर फिल्मका दुई अभिनेता अनुपविक्रम शाही र प्रशान्त ताम्रकारले आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई फिल्मको बारेमा जानकारी गराए ।

शुक्रबारको कार्यक्रमपछि जय शम्भु युनिटले शनिबार बिहान पोखरामै प्रेसमिटको आयोजना गर्यो । प्रेसमिटमा नायिका बर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि काठमाडौंमै रोकिन पुगिन् । अनुप र प्रशान्त प्रेससँग छलफल गरे । बुटवलको कार्यक्रममा भने बर्षा सभहभागी भइन् । शनिबार बेलुकी बुटवलका विभिन्न होटल तथा लन्जहरुमा गई फिल्मको बारेमा अनुप, प्रशान्त र बर्षाले फिल्म बारे जानकारी गराए ।

चितवन र हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौं फर्कनेछन् । यसै क्रममा फिल्म युनिटले मिस गण्डकीका कन्टेस्टेन्टहरुसँग पनि भेटघाट गरे । प्रदर्शन मिती नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्रता दिइरहेको छ । भाद्र १ गतेबाट रिलिज हुने जय शम्भु लाई दर्शकले मन पराउने निर्माण पक्षको आशा छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्रपाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । सह निर्मातामा कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन्

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha