भदौ २२ बाट सर्यो ‘सुश्री सम्पत्ती’

फिल्म ‘सुश्री सम्पत्ती’ले नयाँ प्रदर्शन मिति तय गरेको छ । सुव्रत आचार्य निर्देशित यो फिल्म अब मंसिर २८ गतेदेखि प्रदर्शनमा आउने छ । सुरुमा फिल्मको प्रदर्शन मिति भदौ २२ गतेलाई तोकिएको थियो ।

भदौ २२ मा ‘रामकहानी’ र ‘रोजी’ जुध्ने भएपछि सुश्री सम्पत्तीले नयाँ डेट लिएको हो । फिल्म सुश्री सम्पत्तीमा सलोन बस्नेत, सारा शिर्पाइली र विनोद न्यौपानेको मुख्य भूमिका रहेको छ । फिल्मलाई रमेश त्वायनाले निर्माण गरेका हुन् । छायाँकन सकेर सम्पादनमा रहेको फिल्म सुश्री सम्पत्तीको फस्ट लुक्स र एउटा गीत रिलिज गरिएको छ । फिल्मको हुकुमा बक्सियोस गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha