प्रियंका र आयुष्मानको सेलिव्रेटी पार्टी, प्रेसलाई निषेध

गत एक महिना अगाडी प्रेमी आयुष्मानदेशराज जोशीसँग इन्गेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीले शनिबार आफ्ना नजिकका फिल्मकर्मीलाई सिक्रेट पार्टी दिएकी छिन् । साँझ द्वारिका होटलमा आयोजना गरिएको पार्टीमा करिब एक दर्जन फिल्मकर्मी उपस्थित थिए ।

पार्टीमा प्रियंकाका निकै निकट मानिने ‘छक्का पञ्जा’ समुहबाट दिपकराज गिरी, दिपाश्री निरौला, निर्देशक निश्चल बस्नेत, नायिकाद्वाय स्वस्तिमा खड्का, बर्षा राउत, नायक संजोग कोइराला र कोरियोग्राफर कविराज गहतराज लगायत उपस्थित थिए । सोही समारोहमा प्रियंका र आयुष्मानले पुनः औंठी साटासाट पनि गरे ।

मिडिया फ्रेन्ड्ली भनेर चिनिएकी प्रियंकाले इन्गेजमेन्टको दोश्रो पार्टीमा भने प्रेसलाई निषेध गरिन् । पार्टी हुने पत्तो पाएर द्वारिका होटल पुगेका केही फोटो पत्रकार समारोह प्रवेश नगरी फर्किएका थिए । पाँच वर्ष कान्छा प्रेमी आयुष्मानसँग प्रियंकाले अर्को साल बिहे गर्ने चर्चा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha