पूजालाई नै लेखेकी हुन् त आँचलले स्टाटस ?

शनिबार बिहान नायिका आँचल शर्माले लेखेको एउटा स्टाटसले हंगामा मच्याएको छ । आवश्यक भन्दा बढी कमेन्ट आएपछि आँचलले आफुले लेखेको स्टाटस हटाउन बाध्य भएकी छन् । के लेखेकी थिइन् त आँचलले स्टाटस ?

‘रुदै रुदै लगानी गर्ने अनि कलाकारिता गर्ने देखेर हाँसो लाग्यो । सरी नट् सरी ।’ बिना ट्याग र कसैको पनि नाम मेन्सन नगरी आँचलले लेखेको यो स्टाटस क्षण भरमै भाइरल भयो । आँचलको यो व्यांग्य कसलाई थियो ? स्पष्ट छैन । तर धेरै कमेन्टकर्ताले भने आँचलको यो स्टाटस नायिका पूजा शर्माप्रति लक्षित भएको भन्दै कमेन्ट गरे ।

आँचलको स्टाटसमा पूजाका फ्यानले आँचललाई गालीको बर्षा दिए । यसपछि आँचलले बाध्य भएर आफ्नो स्टाटस डिलिट गर्न बाध्य भइन् । हुनपनि हो पूजाले आफ्नै लगानीमा फिल्म निर्माण गरेर अभिनय गर्दै आइरहेकी छिन् । निर्देशक सुदर्शन थापासँग मिलेर पूजाले ‘म यस्तो गीत गाउँछु’ पछि ‘रामकहानी’ बनाएकी छन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु’ पछि आँचल र पूजाबिच शितयुद्ध चलेको चर्चा छ । म यस्तो गीत गाउँछु मा आँचलका तथाकथित प्रेमी पल शाह पूजाको प्रेमी भएर अभिनय गरेका छन् । तर सँगै फिल्म खेलेकै भरमा पूजासँग आँचल रिसाएकी हुन् भने चाहिं आश्चर्य लाग्दो नै छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha