‘रामकहानी’ पोस्टरसा माग्ने बुढादेखि राजारामसम्म

सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा फिल्मका सबै कलाकारहरु प्रस्तुत छन् ।

पोस्टरमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा र राजाराम पौडेललाई देख्न सकिन्छ । भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म रामकहानीको एउटा गीत र प्रोमो सार्वजनिक भैसकेका छन् ।

कमेडी र लभ स्टोरी फिल्म रामकहानी लाई निर्देशक थापा र नायिका शर्मा मिलेर बनाएका हुन् । म यस्तो गीत गाउँछु पछि सुदर्शन र पूजाको रामकहानी प्रदर्शनमा आउँदैछ । गीत, प्रोमो र पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको प्रतिक्षा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha