‘गोपी’बाट बर्षा सिवाकोटी निक्लिइन् कि निकालिइन् ?

फिल्म ‘गोपी’ मा नायिका बर्षा सिवाकोटी नहुने भएकी छन् । फिल्म सुरु हुने बेलामा आफ्नो भूमिका अर्कै पाएपछि ‘गोपी’बाट हात झिक्नु परेको बर्षाको दाबी छ । बर्षा सिवाकोटीको ठाउँमा अर्की नायिका बर्षा राउत अनुबन्धित भएकी छन् ।

गोपीबाट बर्षा सिवाकोटी आउट भएको समाचार सार्वजनिक भएपछि उनले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै ‘गोपी’मा आफु नरहनुको स्पष्टीकरण दिएकी छन् । ‘चलचित्रबाट कलाकार निकालिनु र भित्रिनु नौलो कुरा होइन भनेर समाचार सम्प्रेशन गर्नु भन्दा पनि कलाकारलाई साइन गराउँदा राम्रो कथा, राम्रो चरित्र, पछी काम सुरु हुने बेला अर्कै चरित्र यो चाहि नौलो भएन ?’, बर्षाले लेखेकी छन् । बर्षाले यो स्टाटसमा भूमिका चित्त नबुझेर फिल्म छाड्न बाध्य भएको बुझाउन खोजीकी छन् ।

यता ‘गोपी’ का कार्यकारी निर्माता श्रीधर पौडेलले भने नायिका सिवाकोटीको समय व्यस्तताका कारण उनी फिल्ममा नरहने बताउँछन् । निर्माता पौडेल भन्छन्, ‘बर्षा र टिमको सहमतीमै उनी गोपीमा नरहने भएकी हुन् । फिल्मको छायाँकन र उनको समय नमिल्ने भएपछि हामीले पनि अर्को विकल्प खोज्नु परेको हो ।’

सञ्चारकर्मी दिपेन्द्र लामाले निर्देशन गर्ने फिल्म गोपी मा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र बर्षा राउतको मुख्य भूमिका रहनेछ । फिल्मको स्क्रिप्ट सामिप्यराज तिमल्सेनाले लेखेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha