दिपाश्री छोडेर हरिवंशले किन रोजे निरुता ?

ब्लकबस्टर फिल्म ‘शत्रुगते’ मा अभिनेता हरिवंश आचार्य र निर्देशक समेत रहेकी अभिनेत्री दीपाश्री निरौलाको जोडीलाई दर्शकले रुचाएका थिए । रुचाइएको यो जोडी मह सञ्चारले निर्माण गर्ने दोश्रो फिल्म ‘दालभात तरकारी’ मा भने नदोहोरिने भएको छ ।

मह सञ्चारको प्रस्तुतीम किरण केसीले निर्माण गर्ने ‘दालभात तरकारी’मा अभिनेता आचार्यको जोडीको रुपमा अभिनेत्री निरुता सिंहलाई अनुबन्धन गरिएको छ । निरुता सिंह हरिवंशको जोडीको रुपमा पहिलो रोजाइमै परेकी हुन् त ? श्रोतका अनुसार हरिवंहको जोडीमा दीपाश्री नै पहिलो रोजाइमा थिइन् । फेरी कसरी भित्रिइन् त निरुता ?

‘चाहंदै पनि दालभात तरकारीमा दीपाश्री हरिवशको जोडी हुन सकिनन्’, श्रोतको भनाई छ, ‘दिपा यस फिल्ममा नहुनुमा आफ्नै कारण छन् ।’ बुझिए अनुसार सेयर बाँडफाँडमा सहमती हुन नसकेपछि दिपक र दीपा ‘दालभात तरकारी’मा सहभागी हुन नसकेका हुन् । उसो त ‘छक्का पञ्जा ३’ को पोष्ट प्रोडक्सन र प्रचार प्रसारले गर्दा पनि दीपक र दीपा दालभात तरकारीमा जोडिन नसकेको बताइन्छ ।

किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्ने फिल्म ‘दालभात तरकारी’मा हरिवंह र निरुता सँगै मदनकृष्ण श्रेष्ठ, विल्सन विक्रम राई, पुष्प खड्का र स्वस्तिमा खड्का पक्का भएका छन् । फिल्म आगामी सालको बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha