‘रोजी’ बारे यसो भन्छन् प्रदीप, मिरुना र परमिता

भदौ २२ गतेदेखि रिलिज हुने ‘रोजी’ टिमले आइतबार मिडियासँग अन्र्तक्रिया गरेको छ । निर्देशक निरक पौडेल, नायक प्रदीप खड्का, नायिकाद्वाय मिरुना मगर र पारमिता राज्यलक्ष्मी राणा, संगीतकार एलिश कार्की, गायक प्रताप दास र गायिका प्रविशा अधिकारीले मिडिया सामु आफ्ना कुरा राखे । भिडियो हेर्नुस् : 

‘स्क्रिप्ट र पात्रको सशक्तताले फिल्मप्रति निकै आशावादी छु’ नायक खड्काले भने, ‘पहिलोपटक थ्रीलर फिल्म गर्दैछु । मेरो लागि यो अलग जनरा हो । दर्शकले मभित्र भिन्न स्वाद प्राप्त गर्नुहुनेछ ।’ प्रदीपलाई प्रश्न सोधियो । हिरोइन अग्ली र तपाईंँ होचो, किन ? प्रदीप ठट्यौली भने, ‘मैले उचाइ बढाउन सबथोक गरेँ । के मात्र गरिन ?’ यसको उत्तर उनको दायाँ छेउमा बसेका दुई डिभासँग थियो ।

को–स्टार मिरुना मगरले थप्दै भनिन्, ‘मलाई त्यस्तो लाग्दैन । अभिनय एउटा कला हो र फिजिकल स्वरुपले खास अर्थ राख्दैन ।’ मोडल टन्र्ड एक्ट्रेस परमिता राणासँग त उत्तर भै हाल्ने भयो । भनिदिइन्, ‘मोडलिङ भए हाइटले पनि अर्थ राख्थ्यो तर, एक्टिङमा आवश्यक छैन । तपाईं हेर्नूस न इन्डियामा आमिर खान र कट्रिना क्याफको जोडी ।’ निर्देशक नीरक पौडेलले आफूले रोजी मार्फत दर्शकलाई न्याय गर्ने बताए । ‘मैले दर्शकलाई फिल्ममा न्याय गर्छु र निराश तुल्याउँदिन’ पौडेल सुनिए ।

संगीतकार एलिस कार्कीले ‘फूल हैन…’गीतले सफलता प्राप्त गरेको बताए । ‘म्युजिकल्ली कन्टेस्टमा सयौं सहभागि हुँदैछन् । इन्टरनेटमा समेत यसले राम्रो भ्यूअर्ज प्राप्त गरेको छ’ पाश्र्वध्वनी डिजाइनर समेत रहेका कार्कीले भने, ‘फूल हैन गीत हाम्रा लागि पब्लिसिटीको बलियो माध्यम पनि हो ।’ गायक प्रताप दास र गायिका प्रविशा अधिकारीले फूल हैन गीतको सफलता र आफ्नो अनुभवमाथि प्रकाश पारे । नेपाल आइडल फेम्ड गायक दासले गीतमा अधिकारीसँग टीमअप गरेका छन् ।

गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म भदौ २२ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपाल र टर्कीमा छायांकन गरिएको फिल्म प्रदीप खड्काको स्टारडमले पनि अवेइटड छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha