‘रोजी र रामकहानी दुवै चल्छ’ : प्रदीप खड्का

‘प्रेम गीत’ फिल्मबाट चर्चामा आएका नायक प्रदिप खड्काको नयाँ फिल्म ‘रोजी’ प्रदर्शनमा आउँदैछ । प्रदीपको ‘रोजी’ र पूजा शर्माको ‘रामकहानी’ एकैसाथ दर्शकमाझ आउने भएपछि बजारमा विभिन्ने खाले चर्चा चलिरहेका छन् । पूजाको फिल्मसँग ‘रोजी’ भिडाउन ल्याएको प्रदीपलाई आरोप छ । भिडियो हेर्नुस् : 

यस प्रकारको आरोपमा आफुलाई मुछ्नु गलत रहेको प्रदीप बताउँछन् । ‘रोजी’ फिल्मको रिलिज मिति तय हुँदा आफुलाई थाहा समेत नभएको उनको तर्क छ । ‘फिल्मको मिति तय गर्ने जिम्मा निर्माण पक्ष, निर्देशक र वितरकको हो, मैले गरेर केहि हुँदैन, निर्माण पक्षलाई मैंले यो गरौ भन्ने कुरै आउदैन यो मेरो दायराको कुरा होइन’ उनी भन्छन् । उसो भए ‘रामकहानी’ र ‘रोजी’ मा कुन फिल्मले बाजी मार्ला त ?

एकै मितिमा रिलिज हुन लागेको फिल्म ‘रामकाहानी’ र ‘रोजी’को बजारमा उतिनै चर्चा भएको कारणले दुवै फिल्म राम्रोसँग चल्ने कुरामा प्रदिप ढुक्क छन् । ‘दुवै (म र पूजा) जना व्यक्तिगत रुपमा आएको भए प्रचार गर्न गाह्रो हुन्थ्यो । तर दुवै फिल्मको राम्रो हाइप छ । दुवै फिल्म चल्छ’, प्रदीपको विश्वास छ । एकै शहरमा थुप्रै हल र सार्वजनिक बिदा भएका कारण एक फिल्मलाई अर्को फिल्मलाई असर नगर्ने समेत प्रदीपले बताए ।

निरक पौडेलको निर्देशनमा बनेको फिल्म ‘रोजी’ मा प्रदीपसँगै मिरुना मगर र पारमिता राज्यलक्ष्मी राणको मुख्य भूमिका छ । सुर्दशन थापाको निर्देशित फिल्ममा भने पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा र राजाराम पौडेलको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha