‘ब्रेकअप’ पार्टीमा ब्यानरले धोका दिएपछि…

फिल्मी कार्यक्रम तोकेको समयमा सुरु हुनु भनेको आश्चर्यको कुरो हो । सोमबार फिल्म ‘ब्रेकअप’को ईन्डक्ल्याप पार्टी पनि समयमा सुरु भएर आश्चर्य हुन सकेन । कार्यक्रम झण्डै साढे २ घण्टा ढिला सुरु भएको थियो ।

पाँच बजे बोलाइएको कार्यक्रममा सवा पाँच बजेदेखि सञ्चारकर्मीको प्रवेश सुरु भएको । ६ बजेतिर त फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी, शिल्पा मास्के र ईच्छा कार्की लगायत कार्यक्रम स्थलमा पुगिसकेका थिए । तरपनि कार्यक्रम सुरु गर्ने छाँटकाँट भएन । किन त ?

‘ब्रेकअप’को ब्यानर टाँग्न नसक्दा कार्यक्रम सुरु हुन सकिरहेको थिएन । निर्देशक तथा निर्माता हेमराज विसीदेखि होटल कर्मचारी सम्मलाई ब्यानर झुण्ड्याउँन हम्मेहम्मे परिरहेको थियो । ब्यानरका कारण कार्यक्रम ढिला हुन जाँदा हेमराज  प्रेसरमा थिए ।

लामो समयको कसरत पश्चात् ‘ब्रेकअप’को ब्यानर टाँसियो र साढे ७ बजेतिर कार्यक्रम सुरु भयो । ढिला गरी सुरु भएको कार्यक्रम भने चाँडै सकिएको थियो । औपचारिक कार्यक्रम पश्चात रातीसम्म कक्टेल डिनर पार्टी चलेको थियो ।

तर कार्यक्रम समयमा सुरु हुन नसक्दा कतिपय प्रेस फर्किएका थिए भने ढिला गरी कार्यक्रममा पुगेका पाहुना पनि बल्ल सुरु भएछ भन्दै खुसी देखिन्थे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha