यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत

‘उडायो हावाले’को सफलता पछि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत रिलिज गरिएको छ । ‘लण्डन’मा बोलको पप गीतमा नव नायक धिरज मगर प्रस्तुत छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई केही झलक देख्न सकिन्छ । भिडियो हेर्नु्स् :

सुजिल कर्मचार्यको शब्द तथा स्वर रहेको गीत नविन किशोर राई र कुमार बस्नेतको दन्तैमा बाट प्रभावित भइ तयार गरिएको हो । रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ टिजर रिलिजसँगै चर्चामा छ ।
फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार लगायतको अभिनय छ । फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha