पुष २७ मा आशिरमान, ईच्छा र शिल्पाको ‘ब्रेकअप’

हेमराज विसी निर्देशित फिल्म ‘ब्रेकअप’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । सोमबार ईन्डक्ल्याप पार्टी गर्दै ‘ब्रेकअप’को प्रदर्शन मिति पुष २७ गतेलाई घोषणा गरिएको हो ।

सुरुमा ‘ब्रेकअप’को प्रदर्शन भदौ १५ गतेलाई तोकिएको थियो । तर छायाँकन ढिला सुरु भएर समयमा नसक्दा सो मितिमा फिल्म ल्याउन नसकेको निर्देशक तथा निर्माता विसीले जानकारी दिए । ‘पुष २७ मा चाहिं हामी फिल्म ल्याउँछौं’, हेमराजले भने । नेपाल र अष्ट्रेलियाको छायाँकन सकेर फिल्मको यतिबेला पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

यस्तै निर्माता रोहित अधिकारीले आपसी समझदारीमै ब्रेकअप बाट हात झिकेको हेमराजले बताए । निर्माता अधिकारीसँग भएको असमझदारी के हो भन्ने चाहिं उनले मिडियामा खोल्न चाहेनन् । ‘व्यावसायिक धर्मका कारण पनि मैंले हामीबिच भएको असमझदारी बाहिर ल्याउन सक्दिनं’, हेमराजले भने । निर्माता अधिकारीले भने फिल्मको बजेट बढेका कारण आफु ‘ब्रेकअप’बाट बाहिरिएको बताएका थिए ।

यता फिल्मका कलाकारहरु आशिरमान देशराज जोशी, शिल्पा मास्के र ईच्छा कार्कीले निर्माता र निर्देशकको विवादले आफ्नो कामलाई असर नपरेको बताए । उनीहरुले फिल्मको छायाँकन राम्रोसँग सकिएको खुसी व्यक्त गरे । अभिनेता सरोज खनालले युवा टिमसँग काम गर्न पाउँदा आफुलाई जवान अनुभव भएको खुलाए ।

फिल्मका अर्का नायक रेमनदास श्रेष्ठ भने औपचारिक कार्यक्रम सकिएपछि मात्रै आइपुगेका थिए । ‘ब्रेकअप’ निर्माणमा निर्देशक विसीसँगै रुपक थापा, दीपक खतिवडा र रेणु राणाले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha