‘गोपी’ बाट खगेन्द्र बाहिरिए बिपिन भित्रिए

फिल्म ‘गोपी’ बाट अभिनेता खगेन्द्र लामिछाने बाहिरिएका छन् । खगेन्द्रको ठाउँमा अर्का अभिनेता बिपिन कार्की भित्रिएको मंगलबार आकस्मिक प्रेसमिट राख्दै निर्माण टिमले जानकारी दियो ।

‘वैचारिक मत भिन्नताका कारण खगेन्द्र जी फिल्मबाट बाहिरिनु भएको हो’, निर्देशक दीपेन्द्र लामाले भने, ‘अब बिपिन जी आउनु भएको छ । केही दिन वर्कसप गरेर भदौ ३ गतेदेखि छायाँकन सुरु गर्छौं ।’ फिल्म फ्लोरमा जाने करिब एक साता अगाडी ‘गोपी’ मा सामेल भएका अभिनेता कार्कीले फिल्मको कथा मन परेर नै आफु अन्तिम समयमा आएर तयार भएको बताए । ‘मलाई सुरुमा त फिल्मको कथा नै मन परेको हो’, बिपिनले खुलाए, ‘फेरी दीपेन्द्र जीको मर्कालाई बुझ्दै उहाँको आग्रहलाई पनि नाईं भन्न सकिनं ।’

स्क्रिप्ट राइटर सामिप्यराज तिमल्सेनाले खगेन्द्र बाहिरिंदा र बिपिन भित्रिंदा कथामा केही फरक नपर्ने बताए । उनले नायिका बर्षा सिवाकोटीले पुरै स्क्रिप्ट नपढी भूमिकाप्रति असन्तुष्टि जनाएर फिल्म छोडेको समेत खुलाए । यता बर्षा सिवाकोटीको ठाउँमा अनुबन्धित भएकी नायिका बर्षा राउतले आफ्नो भूमिका दमदार लागेर नै ‘गोपी’ खेलेको बताइन् । सुरुवातदेखि नै रहेकी नायिका सुरक्षा पन्तले नयाँ टिमसँग नयाँ जोशले काम गर्ने बताइन् ।

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्म गोपी मा आरोही इन्टरटेनमेन्टका लागि मणिकर्ण केसीले लगानी गरेका छन् । फिल्मका सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्की हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha