‘हेलिकप्टर ईला’ मार्फत दर्शकमाझ काजोल

सन् २०१५ मा शाहरुख खानसँग फिल्म ‘दिलवाले’ देखिएकी काजोल नयाँ फिल्म ‘हेलीकप्टर ईला’ मार्फत दर्शक माझ देखिने भएकी छिन् । फिल्ममा एकल आमाको संर्घष र छोराप्रतिको आशक्तिलाई देखाइएको छ । केही साता अघि सार्वजनिक ट्रेलरमा काजोललाई कमेडी र भावुक मुद्रामा देख्न सकिन्छ । ट्रेलर कमेडि र ईमोशनले भरिपुर्ण रहेको छ । ट्रेलर हेर्नुस् :

काजोल यस फिल्ममा सिंगल आमाको रुपमा देखिएकी छिन । काजोलले छोराको लागि आफनो सपना छोडेर पुरै छोरामा ध्यान दिन तिर लागेकी हुन्छिन । छोरा माथि हावी भएको कारणले गर्दा छोरा घर छोडेर जान्छन् । यही सेरोफेरोमा फिल्म घुमेको आँकलन छ ।

२०१४ मा फिल्म ‘मर्दानी’ निर्देशन गरेका निर्देशक प्रदिप सरकारले ‘हेलीकप्टर ईला’ निर्देशन गरेका हुन् । फिल्ममा काजोलसँगै नेहा धुपिया र रद्धि सेन लगायतका कलाकारहरुको अभिनय छ । अजय देवगन र पेन प्रोडक्सन हाउस संयुक्त निर्माण रहेको फिल्म भाद्र २२ गते (सेप्टेम्वर ७ तारिख) मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha