‘रोजी’ मा प्रदीप खड्काका भिन्न चार रुप

औषतमा एउटा एक्टरले एउटा फिल्मभित्र कतिवटा चरित्र चित्रण गर्छ ? एक, दुई वा तीन ? तर, भदौ २२ गते रिलिज हुने क्राइम थ्रीलर ड्रामामा प्रदीप खड्कालाई फोर एक्टमा देख्न सकिन्छ ।

उनले एउटै फिल्म भित्र चारवटा चरित्र चित्रण गरेका छन् । ‘रोजी’ निर्माताले एक्सक्लुसिभ क्यारेक्टर लुक्स आउट गर्दै प्रदीप चरित्रलाई सार्वजनिक गरे । ती चार पात्रमा मुड, मनस्थिती र मनोदशाका अलग आकृति महसुस हुन्छन् ।

पहिलोमा उनी सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधी टाइप छन् । ‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र अपर्चुनिटी दुबै हो’ प्रदीपले भने, ‘प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश ।’

नीरक पौडेल निर्देशित फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ । नेपाली बक्स अफिसका यी क्युट अभिनेताको पात्र लुक्स पक्कै पनि फ्यानलाई सरप्राइज हुनसक्छ । प्रदीपसँग पहिलो पटक नायिका मिरुना मगर र परमिता राज्यलक्ष्मी शाहले स्क्रिन सेयर गरेका छन्

तस्विर : गोपिकृष्ण मूभिज

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha