‘पहिलो नम्वर’मा लाई पचास लाख, नयाँ रेकर्ड बन्यो

‘छक्का पञ्जा ३’ मा समावेश ‘पहिलो नम्वर’मा गीतले युट्युवमा नयाँ रेकर्ड बनाएको छ । अपलोड गरेको दुई सातामै पचास लाख भ्युज कमाउँदै छोटो समयमा सर्वाधिक भ्युज पाउने पहिलो गीत बन्न सफल भएको हो । दर्जन बढी कलाकार नाचेको गीत यस्तो छ :

दीपक शर्माको संगीत रहेको गीतमा डेविड शंकर र बिन्दु परियारले स्वर दिएका छन् । शब्द राजेन्द्र थापाले लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दिपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, स्वस्तिमा खड्का, बुद्धि तामांग, दीपिका प्रसाईं, संजोग कोइराला र सुमन गिरी भान्जाको नृत्य रहेको छ ।

यसअघि यही समुहका तीन गीत ‘सुर्के थैली’, ‘पुर्व पश्चिम रेल’ र ‘नाइलनको साडी’मा करोड क्लवमा प्रवेश गरिसकेका छन् । दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा ३’ दशैंमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha