‘दालभात तरकारी’मा निरुतादेखि प्रियंका र पुष्पसम्म

मह सञ्चार र किरण केसीले निर्माण गर्ने फिल्म ‘दालभात तरकारी’को औपचारिक घोषणा गरिएको छ । बुधबार प्रेसमिट गर्दै सुदन केसीले निर्देशन गर्ने फिल्मको कलाकार तथा प्राविधिकको परिचय गराइएको हो ।

आउँदो सालको बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘दालभात तरकारी’मा एक दर्जन बढी कलाकारको अभिनय रहनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर छन् । निरुता मुम्बईमा र स्वस्तिमा फिल्म सुटिंगमा रहेका कारण प्रेसमिटमा उपस्थित हुन पाएनन् । बाँकी सबै कलाकार प्रेसमिटमा उपस्थित थिए ।

कलाकार जस्तै ‘दालभात तरकारी’मा निर्माताको टिम पनि ठुलै छ । निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् ।  शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीतमा हरिवंश आचार्यको शब्द रहनेछन् । कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् । छायाँकन दिर्घ गुरुंगको हुनेछ । कथा, पटकथा तथा संवाद हरिवंशकै हो ।

फिल्मको छायाँकन मंसिर देखि सुरु हुनेछ । ‘शत्रुगते’को सफलतापछि मह सञ्चार र किरण केसीले ‘दालभात तरकारी’ निर्माण गर्न लागेका हुन् । फिल्मको छायाँकन मंसिर देखि सुरु हुनेछ भने प्रदर्शन आउँदो सालको बैशाख १३ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha