‘बाँध मायाले’ शिर्ष गीत : आर्यन र सृष्टिको बोल्ड रुप

फिल्म ‘बाँध मायाले’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो हेर्नुस् :

संगीतकार पोखरेलकै शब्द रहेको बाँध मायाले गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । बुधबार गरिएको प्रेसमिटमा संगीतकार पोखरेलले यो गीतले दर्शकको मन जित्ने गरे । बाँध मायाले असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’ मा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गरेका छन् ।

रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन् । फिल्मका छायाँकार बाबु श्रेष्ठ हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha