रणवीर र दीपिकाको विवाह पक्का !

प्रेममा रहेका रणवीर सिंह र दीपिका पादुकोण विवाहको चर्चा लामो समयदेखि चलिरहेको थियो । अन्तत: उनीहरु विवाह बन्धनमा बाँधिने भएका छन् । बलिउडको नम्बर १ यो जोडी यहिँ वर्ष नोभेम्वर २० तारिखमा विवाह बन्धनमा बाँधिने छ ।

इटालीमा हुने विवाहमा यी दुईका निकट र आफन्तसहित जम्मा ३० जनाजति सहभागी हुने बताइएको छ । स्रोतको अनुसार इटाली दीपिकाको निकै मनपर्ने ठाँउ हो । त्यसैले उनले ‘वेडिङ डेस्टिनेसन’का रूपमा इटाली नै रोजेकी हुन् ।
बिहे गरेर फर्केपछि दुवैले आफन्त र साथीहरूलाई मुम्बईमा र दीपिकाको जन्मस्थान ब्याङलोरमा ग्राण्ड रिसेप्सन दिने योजनामा रहेको खुलाइएको छ ।

उनीहरु र पारिवारिक पक्षबाट विवाहको बारेमा आधिकारिक जानकारी बाहिरिएको छैन । तर, कबिर बेदीले सामाजिक संजालबाट यी दुईको विवाह तय भएको जानकारी दिएका हुन् ।

‘दीपवीर’ नामबाट दर्शकमाँझ चिनिएको यो जोडीले ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावतल’गायत फिल्ममा एकैसाथ काम गरेका छन् । यी दुईका फ्यान अहिले विवाहको व्यग्र प्रतिक्षा गरिरहेका छन् । केहि समय अगाडी यो जोडी विदा मनाउन भारत बाहिर गएको थियो । फर्कदा विमानस्थलमा किस गरेको फोटो सार्वजनिक भएपछि दुवैजना चर्चामा  आएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha