निरुताको फिगर र पुष्पको आँखाको प्रशंसक हरिवंश

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले बनाउने फिल्म ‘दालभात तरकारी’मा एक दर्जन भन्दा बढी कलाकारले अभिनय गर्दैछन् । जम्बो कलाकारको टोलीमा एक समयकी बहुचर्चित अभिनेत्री निरुता सिंह र नयाँ पुस्ताका आशा लाग्दा नायक पुष्प खड्काको आ आफ्नै हिसाबले चर्चा छ ।

बुधबार गरिएको फिल्मको प्रेसमिटमा कलाकार, कथाकार, स्क्रिप्ट तथा संवाद लेखेका हरिवंश आचार्यले निरुता र पुष्पका लागि प्रशंसाका शब्द खर्चिए । हरिवंशले भने, ‘उहाँको आँखा पहिले देखि नै मन परेको थियो । पुष्पको फिल्म पहिला हेरेको थिएँ । उहाँसँग बेजोड अभिनयको क्षमता छ भन्ने महसुुुस गरिरहेको थिएँ । र, यस फिल्ममा अभिनयको ठुलो रेन्ज छ पुष्प खड्का पनि यसको लागि उपयुक्त पात्र हो भनेर पुष्प खडकालाई डारेक्टरले रोज्नु भएको र मैंले सिफारिस गरेको हो ।’ भिडियो :

पुष्प भन्दा अगाडी युवा स्टार प्रदीप खड्कासँग पनि कुरा भएको हरिवंशले स्विकार गरे । तर समयको व्यस्तताका कारण प्रदीपसँग काम गर्न नसकिएको उनले बताए । ‘प्रदिपले फिल्म खेल्न नमानेर हामीले पुष्पलाई लिएको होइनौं, हरिवंशले भने । ‘नार्इं न भन्नु ल ५’ मा केमियो रोलमा देखिएकी निरुता सिंह दालभात तरकारी मार्फत लामो समयपछि दर्शकमाझ वजनदार भूमिकामा आउँदैछिन् । हरिवंश आचार्यले निरुतालाई सुहाउँदो भूमिकामा प्रस्तुत गरिने विश्वास दिलाएका छन् ।

हरिवंश आर्चाय भन्छन्–‘निरुता सिंह नेपालमा स्थापित नायिका हन् । उनी अभिनय क्षमता, नृत्य क्षमता र फिल्ममा डुब्न सक्ने क्षमता भएकी प्रतिभावान व्यक्ति हुन् । साथै फिल्म क्षेत्रमा स्थापित भएकी नायिका हुन्, उनी रोकिएनन्, यस फिल्ममा उनलाई सुहाउँने भएकोले र ग्याप पनि भएको हिसाबले फिल्म को स्तर बढ्छ की भनेर यस फिल्ममा अभिनय गराउन पाए हुन्थ्यो भन्ने लागेको थियो । फिल्म अफर गर्दा उनी पनि निकै खुशी भएको बताइन् ।’ हरिवंशले यस फिल्मको लागि निरुता जस्तै फिगर र राम्रो अभिनय गर्न सक्ने नायिका खोजिरहेको बताउँदै निरुता नै पाएको मा खुशि व्यक्त गरे ।

सुदन केसीले निर्देशन गर्ने फिल्ममा हरिवंश, निरुता र पुष्पसँगै मदनकृष्ण श्रेष्ठ, शिवहरी पौडेल, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का लगायत कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha