‘जय शम्भू’ बाट आशावादी प्रशान्त र बर्षा

रुपेश तामाङको निर्देशनमा बनेको फिल्म ‘जय शम्भू’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा अनुपविक्रम शाही, प्रशान्त ताम्रकार र वर्षा सिवाकोटी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा अनुप र बर्षाको बिचमा प्रशान्त भिलेन हुन् । भिडियो :

फिल्म दर्शकमाझ आउन एक दिन पनि बाँकी नहुँदा प्रशान्त ताम्राकार र वर्षा सिवाकोटी निकै उत्साहित देखिएका छन् । फिल्म राम्रो बनेको खुलाउँदै फिल्मले केहि हदसम्म आफुलाई उर्चाइमा पुर्याउने आशा उनीहरु राख्छन् । ‘जय शम्भू एक्सन र लभ स्टोरीले भरी पूर्ण छ’, प्रशान्त र बर्षा भन्छन् । फिल्म ‘ऐश्वर्य’ बाट चर्चा बटुल्न सफल प्रशान्त आफ्नो भुमिका बारे खुलाउँदै भन्छन , ‘फिल्मको हिरो अनुप हुन र फिल्मको हिरोइन वर्षा । त्यो बिचको भिलेन म हुँ ।’

‘जय शम्भू’ मा वर्षाको कुनै नयाँ भूमिका नभएपनि यो फिल्म बाट निकै आशा राखेको उनी बताउँछिन् । ‘यसमा मेरो सिम्पल भूमिका छ । दर्शकले मन पराउनु हुन्छ भन्ने आशा राखेकी छु’, बर्षाको भनाई छ । प्रशान्त र बर्षाले भने जस्तै ‘जय शम्भू’ लाई दर्शकले रुचाउलान् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha