बक्स अफिस लाग्यो, व्यापारिक रिपोर्ट लुक्यो

साउन १ गतेदेखि राजधानीमा बक्स अफिस प्रणाली जडान भएको छ । बक्स अफिस लागेपछि निर्माता र वितरकले आफ्नो फिल्मले दैनिक गर्ने व्यापारिक हिसाब बुझ्दै आएका छन् ।

बक्स अफिसबाट हिसाब बुझ्ने निर्माता र वितरक व्यापारिक हिसाब भने गुपचुप राख्दै सार्वजनिक गर्न डराइरहेका छन् । नपत्याए बक्स अफिस लागेदेखि प्रदर्शनमा आएका फिल्महरुलाई हेरे पुग्छ । साउन १ देखि हालसम्म करिब एक दर्जन फिल्महरु हलमा आएका छन् । एक शो हाउसफूल हुने बित्तिकै हो हल्ला गरेका यी मध्ये अधिकांश फिल्मले बक्स अफिस रिपोर्ट भने सार्वजनिक गर्न आवश्यक ठानेनन् ।

बक्स अफिस प्रणाली लागु भएका फिल्महरु ‘पण्डित बाजेको लौरी’, ‘भैरे’, ‘चक्कर’, ‘चि मुसी ची’,’ रोमियो एन्ड मुना’, ‘कायरा’, ‘झमकबहादुर’, ‘कहीं कतै’, ‘सुकुलगुन्डा’, ‘टिनेज’, ‘पिरिम पर्या छन’ फिल्मले कतिको कलेक्सन गरे ? कुनै हिसाब किताब छैन । निर्देशक एभ्रेष्ट सूर्य बोहोराले भैरे सफल भएको भन्दै यसको सिक्वले निर्माण गर्ने घोषणा गरे । तर कलेक्सन सार्वजनिक गर्न आवश्यक ठानेनन् । मल्टिप्लेक्सबाट दुई दिनमै उत्रिएको भैरे कसरी सफल भयो ? भन्ने बारे फिल्म वृक्तमा अझै पनि बहस भैरहेको छ ।

यस्तै आर्यन सिग्देलको फिल्म ‘कायरा’ ले दुई दिनमै करोड माथिको कलेक्सन गरेको रिपोर्ट एकाध अनलाइनले सार्वजनिक गरे । तर स्वयम आर्यनले भने आफ्नो फिल्मले गरेको कलेक्सन मिडियालाई बताउन चाहेनन् । ‘रोमियो एन्ड मुना’ का निर्माता प्रशन्न गोपालीले पनि व्यापारिक हिसाब नखोल्ने बताए । फिल्म बक्स अफिसमा सफल भएन ।

हलमा लागेर उत्रिएको पत्तो नभएका ‘पण्डित बाजेको लौरी’, ‘चक्कर’, ‘चि मुसी ची’, ‘झमकबहादुर’, ‘कहीं कतै’, ‘सुकुलगुन्डा’, ‘टिनेज’, ‘पिरिम पर्या छन्’ जस्ता फिल्महरुको हिसाब कहाँ खोज्ने ? यी सबै फिल्म सुपरफ्लप भए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha