प्रदीप र साम्राज्ञीको जोडी कति सुहायो ?

यतिबेला दुई युवा स्टारको तस्बिरले चर्चा पाइरहेको छ । प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिरलाई लिएर अनलाइन मिडियामा समाचार बनिरहेका छन् ।

एक विज्ञापनमा प्रदीप र साम्राज्ञी सँगै देखिंदैछन् । उनीहरु सँगै मिस नेपाल इन्टरनेश्नल २०१८ नीति शाह पनि उक्त विज्ञापनमा देखिंदैछिन् । चर्चा भने प्रदीप र साम्राज्ञीको छ । किनकी यी दुई हालका फिल्म दुनियाँका स्टार हुन् । उसो त यी दुई स्टारालाई लिएर फिल्म बनाउने तयारी पनि नभएको होइन् । तर साम्राज्ञीले यसमा रातो कार्ड देखाइदिइन् ।

सुवास गिरीले निर्माण गर्ने फिल्म ‘भैरवी’ मा प्रदीप र साम्राज्ञी खेलाउने प्रयास असफल भएको थियो । विज्ञापनमा सँगै देखिएका प्रदीप र साम्राज्ञी फिचर फिल्ममा चाहिं कहिले सँगै देखिएलान् त ? सायद फ्यानको यही प्रतिक्षा हुनु पर्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha