मनिषा ४८ लागिन्, जान्नुस् उनको छोटो बायोग्राफी

मनिषा कोइरालाको आज (अगस्ट १६ तारिख) का दिन जन्म दिन परेको छ । उनको जन्म १९७० मा भएको हो । नेपालमा जन्म भएपनि उनी भारतकी चर्चित अभिनेत्री भनी विश्वभर चिनिन्छिन् । साथै उनी युएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छिन् ।

उनको बुवाको नाम प्रकाश कोइराला र आमाको नाम सुष्मा कोइराला हो । उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन् । उनी बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढाई गरेर बनारस गइन र उनको चाहना डाक्टर बन्नु थियो । तर उनले मोडलिङ्गबाट आफ्नो जीवनको सुरुवात गर्न थालिन् । सुरुमा मनिषा कोइरालाले हिन्दी फिल्ममा काम गरिन र पछि तमिलको कयौं फिल्महरूमा देखा परिन् । मनिषा कोइराला भारत नाट्यम र मणिपुरी नृत्यकी एक परिपूर्ण नृत्यांगना पनि हुन् । उनले नेपाली फिल्ममा पनि काम गरेकी छिन् । उनले नेपाली फिल्म ‘फेरी भेटौँला’ मा अभिनय गरिन् तर उक्त फिल्म सफल भने भएन । उनको पहिलो हिन्दी फिल्म ‘सौदागर’ हो । मनिषाको पहिलो बलिउड नै सुपरहिट भएको थियो ।

मनिषाको जन्म राजनैतिक वातावरणमा भएपनि उनको रुचि भने फिल्मी क्षेत्रमा लागेको थियो । उनलाई फिल्म क्षेत्रमा लाग्नको लागि उनको आमाको निकै सहयोग मिलेको थियो । उनको अभिनय क्षमता र सुन्दरताले गर्दा छोटो समयमै उनी चर्चाको शिखरमा पुग्न सफल भइन् ।

बलिउड फिल्ममा काम गर्दा त्यहीका कलाकर्मीदेखि फिल्म मेकरसम्म उनको नाम जोडिन्थ्यो । कहिले नाना पाटेकर त कहिले सुभाष घईसँग जोडिएर मनिषाको चर्चा गरियो । तर, मनिषाले आफ्नो लागि नेपालकै युवा व्यवसायी सम्राट दाहाललाई रोजिन् । मनिषाले आफुभन्दा कान्छा उमेरका सम्राटसँग काठमाण्डूमा धुमधाम बिवाह गरेकी थिइन । तर, सम्राट र मनिषाको दाम्पत्य जीवन लामो समय टिक्न सकेन । अनेकौं मनमुटावबीच उनीहरुले २०१० मा जोडेको बैवाहिक जीवनलाई २०१२ मै अन्त्य गरे ।

दाम्पत्य जीवनबाट अलग भएसँगै उनलाई एक घातक रोगले च्याप्यो । सन् २०१२ मा उनलाई पाठेघरको क्यान्सर भएको थाहा भयो । उपचारका लागि उनी मुम्बईको जसलोक अस्पतालमा भर्ना भइन् । त्यहाँबाट पार नलागेपछि उनी अमेरिका पुगिन् । त्यहाँको सफल उपचारपछि उनले पुर्नजीवन पाएकी हुन् । उनले एक समय बलिउड फिल्म क्षेत्रमा तहल्का नै मच्चाएकी थिइन । उनले बलिउडमा दर्जन भन्दा बढि सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनले अभिनय गरेकाका पाँच चर्चित फिल्म यस प्रकार छन् :

१.सौदागर( १९९१),
२.१९४२ः ए लभ स्टोरी (१९९४),
३. अकेले हम अकेले तुम (१९९५),
४. खामोशिः दि म्युजिकल (१९९६),
५. सञ्जु (२०१८)

पाठेघरको क्यान्सरपछि लामो समयसम्म फिल्म क्षेत्रबाट अलग रहेकी मनिषाले २०१७ मा ‘डियर माया’ बाट कमब्याक गरिन् । यसपछि उनी अरु कुनै फिल्ममा देखिएकी थिइनन् । पछिल्लो समयमा उनी राजकुमार हिरानीको फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तको आमाको भुमिकामा देखिएकी छिन् । सानै भूमिका भएपनि ‘सञ्जु’ बाट मनिषाले प्रशंसा बटुलिरहेकी छिन् । ४८ औं बसन्तमा प्रवेश गरेकी मनिषालाई दिर्घायु र उज्जवल भविष्यको कामना ! ह्याप्पी वर्थ डे टु यु !!

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha